एक किलो अफिमसहित चारजना पक्राउ
                            
                            
                                                        
                                                    
                                                            पर्सा - पर्साबाट प्रहरीले लागूऔषध अफिमसहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका-१ का ४० वर्षीय विनोद गिरी, सोही गाउँपालिका-५ का ३३ वर्षीय प्रदीप चौधरी, २८ वर्षीय सुनिलकुमार श्रीवास्तव र ३४ वर्षीय रामेश्वर राउत रहेका छन्।
उनीहरूलाई मंगलबार दिउँसो वडा प्रहरी कार्यालय विर्ता र लागूऔषध नियन्त्रण ब्यूरो पर्साको टोलीले पक्राउ गरेको हो।
प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ना४६प २५४० र ना४०प ६४६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई वीरगन्ज महानगरपालिका-१० रजत जयन्ती चोकबाट पक्राउ गरिएको हो।
पक्राउ परेका उनीहरूले बोरा र त्यसभित्र प्लाष्टिकको झोलाले बेरेर एक किलो अफिम बोकेका थिए।
पक्राउ परेकाहरूलाई लागूऔषध मुद्दामा हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको छ।
प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  ११:३२
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
