Harsamaya
२२ किलो लागू औषध सहित एक जना पक्राउ
२२ किलो लागू औषध सहित एक जना पक्राउ ।

रौतहट - बारा प्रहरीले २२ किलो लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय सिमराबाट मंगलवार  खटिएको संयुक्त प्रहरी टोलीले लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.८ लोसण्डा बस्ने ४५ वर्षीय रामपुकार सहनी रहेको प्रहरीले जानकारी दिएको छ । जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. ८ ईम्लिप्रति स्थित फिल्डमा २ वटा बोरामा लैजाँदै गरेको अवस्थामा लागू औषध गाँजा बरामद गरिएको बारा प्रहरीले जनाएको छ ।

लागू औषध गाँजा सहित पक्राउ परेका व्यक्तीलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update