बुवा र छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

नवलपरासी पश्चिम - आफ्नै बुबा ५० वर्षीय जयराम थारू र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेको अभियोगमा सुनवल नगरपालिका–२ अवरैया बस्ने २७ वर्षीय हेमराज थारूलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
हेमराजले कोदालो प्रहार गर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२ २१:५८
प्रतिक्रिया दिनुहोस्