Harsamaya
१०५ किलो गाँजासहित एक जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har samaya

हेटौंडा - हेटौंडाबाट १०५ किलो लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १५ रातोमाटे स्थित चेकपोष्ट अगाडी सडक खण्डमा सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले गाँजा, पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको हो ।

हेटौँडाबाट कलैयातर्फ जाँदै गरेको बा प्र ०१–०३० च १०४६ नंबरको पिकअप गाडीलाई रोकी चालक दोलखा जिरी नगरपालिका वडा नम्बर–१ बस्ने ३२ वर्षीय अम्मर बहादुर तामाङलाई गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

पिकअप गाडी भित्र लुकाई ९ वटा पोकामा १०५ किलो ९०० ग्राम गांजा फेला परेको हुँदा उक्त गाँजा तथा पिकअप गाडी समेतलाई बरामद गरी तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update