Harsamaya
करिब १५६ किलो गाँजासहित दुई जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

महोत्तरी - बर्दिबास नगरपालिका-१ शुभ स्वस्तिक हस्पिटल अगाडिबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५६ किलो ५५ ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सर्लाही हरिवन नगरपालिका–५ घुर्कोली बस्ने ३५ वर्षीय लालबाबु साह र सोही नगरपालिका–३ बुद्धचोक बस्ने २१ वर्षीय अभिषेक परियार रहेका छन् ।

इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बा ११ च ३४९४ नम्बरको स्कर्पियोलाई जाँच गर्ने क्रममा स्कर्पियोमा लुकाई छिपाई राखेको ३० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी स्कारपियो चालक लालबाबु र स्कर्पियोमा सवार अभिषेकलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update