Harsamaya
सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घट्यो 
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको छ । आइतबार सुन प्रतितोला एक लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

सोमबार सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदीको मूल्य भने स्थिर छ । आइतबार झैं आज चाँदी दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update