बढ्यो सुनको मूल्य,कति पुग्यो तोलामा ?

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य एक हजार चार सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८ सय रुपैयाँले कायम रहेको छ ।
शुक्रबार सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलामा २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२ ११:०८
प्रतिक्रिया दिनुहोस्