Harsamaya
तोलामा ५ हजारले बढ्यो सुन 
प्रतिकात्मक तस्वीर : हर समय/Har Samaya

काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्य एकैचोटी तोलामा ५ हजार रुपैयाँ बढेको छ ।

 मंगलबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको थियो । 

बुधबार छापावाल सुनको मूल्य बढेर १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९ सय ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९ सय ९० रुपैयाँ पुगेको हो । 
 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update