Harsamaya
११ जना एसएसपी डिआईजी बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरी ।

काठमाडौं - गृह मन्त्रालयले नेपाल प्रहरीको ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरिक्षक (डिआईजी)का लागि बढुवा सिफारिस गरेको छ । 

मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले ११  एसएसपीलाई डिआईजीका लागि बढुवा सिफारिस गरेको हो ।

सिफारिसअनुसार पहिलो नम्बरमा सुदर्शनप्रसाद कोइराला बढुवाका लागि सिफारिस भएका छन् । 

त्यसपछि विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्रीय, दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दिपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, संजीव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ बढुवा सिफारिस भएका छन् ।

dig-1747759497.jpg

dig2-1747759497.jpg

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update