सुनको मूल्य तोलाको कति पुग्यो ?

काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ ।
आइतबार १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार १९ सय ४५ रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२ ११:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय