-1747362806.jpg)
हेटौँडा - लागू औषध खैरो हेरोइनसहित मकवानपुर प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
बुधबार दिउँसो ३ बजेको समयमा प्रहरी टोलीले हेटौँडा–१५, रातोमाटेमा सुरक्षा जाँच गर्ने क्रममा पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–५ का २० वर्षीय करण राय र २९ वर्षीय उपेन्द्र रायभरलाई लागू औषध खैरो हेरोइन १८ ग्राम १५० मिलिग्रामसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
वीरगन्जबाट हेटौँडातर्फ जाँदै गरेको म १ प २१८ नम्बरको पर्यटक बसमा सवार करण र उपेन्द्रलाई शंका लागी सुरक्षा जाँच गर्दा करण रायले बोकेको झोलामा मोवाइल चार्जरभित्र लुकाएर ल्याएको अवस्थामा लागू औषध खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिई उनीहरूलाई हिरासतमै राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।