सुनको मूल्य बढ्यो

काठमाडौं - नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मङ्गलबार सुन तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२ १२:१८
प्रतिक्रिया दिनुहोस्