सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं - नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२ ११:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय