Harsamaya
लागू औषध सहित दुई युवक पक्राउ
लागू औषध सहित दुई युवक पक्राउ ।

सिराहा - भारतबाट लागु औषध ओसारपसार गरी ल्याउँदै गरेका दुई युवालाई सिराहा प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिराहा, इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले लहान नगरपालिका–१७ स्थित बलान खोलाको बगर क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।

बैशाख २४ गते बिहान करिब ४ः३० बजे भारतबाट लागु औषध लिएर आउँदै गरेका व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरूको साथबाट इल्भ्च्भ्ह्–१०० एमएल लेखिएको ४४३ बोतल लागु औषध बरामद गरेको हो ।

पक्राउ पर्नेहरूमा लहान नगरपालिका–१५ का २१ वर्षीय सन्तोष यादव र लहान नगरपालिका–१६ का २२ वर्षीय जितेन्द्र यादव रहेका छन्। उनीहरूको साथबाट लागु औषध राखिएको दुई वटा बोराबाट क्रमशः १२०–१२० बोतल फेला परेको छ। त्यस्तै, सोही स्थानमा लुकाइ छिपाइ राखिएको थप दुई बोराबाट क्रमशः ११३ र ९० बोतल बरामद गरिएको छ।

प्रहरीले उनीहरूको साथबाट मोटरसाइकल दुई थान (म.प्र. ०१–००४ प ५९८५ र स ३ प १७२) र मोबाइल दुई थान (रेडमी र रियलमी) समेत बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनालाई सिराहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई इलाका प्रहरी कार्यालय लहानमार्फत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update