Harsamaya
नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा
प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा ।

काठमाडौं - नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले बुधबार जनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक थापालाई ९८५१२९२१११ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update