
काठमाडौं - पाकिस्तानी हवाई क्षेत्र बन्द भएपछि कतार एयरवेजले पाकिस्तानका लागि उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ ।
बुधबार कतार एयरवेजले जानकारी दिँदै परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ र आफ्ना यात्रु र चालक दलको सुरक्षालाई प्राथमिकतामा राखेर अस्थायी रूपमा उडान बन्द गरेको जानकारी दिएको छ ।
एयरलाइन्सले यात्रुहरूलाई प्रभावित उडानहरूको पछिल्लो जानकारीको लागि कतार एयरवेजको आधिकारिक वेबसाइट हेर्नको निमित्त सल्लाह समेत दिएको छ ।
पाकिस्तानी अधिकारीहरूले लाहोर र कराँचीका प्रमुख शहरहरूलाई समेट्ने हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका छन् भने एयर फ्रान्स एयरलाइन्सले अर्को सूचना नआएसम्मका लागि पाकिस्तानमाथि उडानहरू स्थगित गरेको जनाएको छ ।
त्यस्तै जर्मन एयरलाइन्स लुफ्थान्साले पनि अर्को सूचना नभएसम्म पाकिस्तानी हवाई क्षेत्रबाट बच्ने जनाएको छ ।
यो पनि पढ्नुहोस

भारत र पाकिस्तानका यी क्षेत्रमा विद्यालय तथा कलेजहरू बन्द गर्ने
यो पनि पढ्नुहोस

भारत र पाकिस्तान दुबैलाई संयम हुन राष्ट्रसंघकाे आग्रह
यो पनि पढ्नुहोस

पाकिस्तानमा भारतको मिसाइल आक्रमण, कम्तिमा ३० जनाको मृत्यु
यो पनि पढ्नुहोस

पाकिस्तानमा भारतीय आक्रमण दुःखद , अमेरिकी राष्ट्रपति ट्रम्प