Harsamaya
पाकिस्तानमा भारतीय आक्रमण दुःखद , अमेरिकी राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

काठमाडौं  - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणबारे प्रतिक्रिया जनाएका छन् । नेपाली समयअनुसार बुधबार बिहान ओभल अफिस प्रवेश गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले  उक्त घटनालाई ’दुःखद’ भन्दै भारत–पाकिस्तानबिचको दशकौँदेखि चलिरहेको विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

उनले भने ’यो दुःखद हो। हामी अहिले भर्खरै यसको बारेमा थाहा पाउँदैछौं। मलाई लाग्छ,  हुन सक्ने अनुमान पहिले नै थियो। उनीहरू धेरै समयदेखि लडिरहेका छन् । म आशा गर्छु, यो तनाव चाँडै सकिन्छ।’ उनको यो टिप्पणी भारतले पाकिस्तान प्रशासित कश्मीरमा गरेको हवाई आक्रमणको केही समयपछि आएको हो ।

पहलगाममा भएको आतंकवादी घटनाको बदला स्वरूप भारतले बुधबार राति पाकिस्तानतर्फ आक्रमण गरेको हो ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update