पाकिस्तानी प्रधानमन्त्रीले भने, भारतले सुरु गरेको युद्धको कडा जबाफ दिन्छौं

काठमाडौं - पाकिस्तानी प्रधानमन्त्री सेहवाज सरिफले भारतको आक्रमणको जबाफ दिने बताएका छन् ।
भारतीय रक्षा मन्त्रालयका अनुसार ‘सिन्दूर’नामक यो आक्रमणले पाकिस्तान र पाकिस्तान(कब्जा गरेको जम्मू र कश्मीरमा ‘आतंकवादी पूर्वाधार’ का नौ ठाउँहरूलाई निशाना बनाएको थियो।
भारतीय रक्षा मन्त्रालयले कुनै पनि पाकिस्तानी सैन्य अड्डालाई निशाना नबनाइएको र आफ्नो कारबाही ‘केन्द्रित, मापन गरिएको र गैर–उत्तेजक’ भएको दाबी गरेको छ।
पाकिस्तानका शरीफले एक वक्तव्यमा भनेका छन्, ‘भारतले थोपरेको यो युद्ध कार्यको जबाफमा पाकिस्तानलाई कडा प्रतिक्रिया दिने पूर्ण अधिकार छ र कडा जबाफ दिइँदैछ।’
यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२ ०९:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय