Harsamaya
भारत र पाकिस्तान दुबैलाई संयम हुन राष्ट्रसंघकाे आग्रह

काठमाडौं - संयुक्त राष्ट्रसंघले भारत र पाकिस्तान दुबैलाई संयम हुन आग्रह गरेको छ ।  भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा मिसाइल हमला गरेको जानकारी सार्वजनिक गरेपछि संयुक्त राष्ट्र संघले औपचारिक प्रतिक्रिया दिएको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस ‘नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीहरूप्रति गहिरो चिन्तित रहेका’ बताएका छन् ।उनले भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य शक्तिलाई अधिकतम् संयम राख्न आग्रह गरेका छन् ।

दुजारिकले भने, ‘भारत र पाकिस्तानबिच कुनै पनि प्रकारको सैन्य भिडन्त संसारका लागि असह्य हुनेछ।’ यसअघि, ५ मेमा एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल एक्समार्फत एक पोस्ट गर्दै भारत र पाकिस्तानबिचको तनाव पछिल्ला केही वर्षमा सबैभन्दा गहिरो रहेको उल्लेख गरेका थिए।

उनले २२ अप्रिलमा भारतको पहलगाममा भएको आतंकवादी हमलाको कडा निन्दा पनि गरेका थिए।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update