Harsamaya
प्रधानमन्त्री सचिवालयको दाबी- पत्रकार पक्राउमा प्रधानमन्त्री र उहाँको सचिवालयको संलग्नता छैन
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल ।

काठमाडौं - प्रधानमन्त्रीको सचिवालयले पत्रकार पक्राउ परेको घटनामा प्रधानमन्त्री तथा उहाँको सचिवालयको कुनै संलग्नता नरहेको दाबी गरेको छ ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले घटनाबारे प्रधानमन्त्री, उहाँको सचिवालय तथा प्रधानमन्त्री कार्यालयलाई पूर्वजानकारीसमेत नभएको स्पष्ट पारेकी छन् ।

उनका अनुसार घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update