काठमाडौं - समाचार लेखेकै विषयलाई लिएर पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन प्रहरी टोली नयाँ पत्रिकाको कार्यालय पुगेको छ ।
आफूलाई नेपाल प्रहरी बताउने सात जनाको टोली काठमाडौंस्थित नयाँ पत्रिकाको कार्यालयमा प्रवेश गरेको हो । उनीहरूले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काको आदेशअनुसार आएको भन्दै पत्रकार मैनालीलाई कार्यालयमा उपस्थित गराउन खोजेका छन् ।
टोलीले मैनालीलाई आफूसँगै लैजान खोज्दै समाचार कक्षमै पुगेपछि कार्यालय परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ । समाचार लेखेकै आधारमा पत्रकारलाई नियन्त्रणमा लिन खोजिएको भन्दै घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षासम्बन्धी प्रश्न उठाएको छ ।
प्राप्त विवरणअनुसार प्रहरी टोली अहिले पनि मैनालीलाई आफूसँगै लैजाने भन्दै समाचार कक्षमा रहेको छ ।

