पत्रकार विश्वमणि सुवेदी पक्राउ, आजै अर्का पत्रकार शोभराज बराल पनि समातिए
काठमाडौं - प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ । नेपाल प्रेसमा कार्यरत सुवेदीलाई प्रहरीले काठमाडौंको बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार साइबर ब्युरोको पत्रका आधारमा उनलाई पक्राउ गरिएको हो ।
केही दिनअघि नेपाल प्रेसमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले पदबाट हटाउन खोजेको र त्यस विषयमा कार्कीले कानुनी परामर्श थालेको समाचार प्रकाशित भएको थियो । सोही विषयमा सोधपुछका लागि सुवेदीलाई पक्राउ गरिएको साइबर ब्युरोका अधिकारीहरूले बताएका छन् ।
यसअघि आजै प्रहरीले अर्का पत्रकार शोभराज बराललाई पनि पक्राउ गरेको थियो । एकै दिन दुई पत्रकार पक्राउ परेपछि पत्रकारितासम्बद्ध क्षेत्रमा चासो बढेको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३ १७:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

