पाकिस्तानमा भारतको मिसाइल आक्रमण, कम्तिमा ३० जनाको मृत्यु

भारत - भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गरेको छ । पहलगाम आक्रमणको बदलामा भारतले पाकस्तिानमाथि आक्रमण गरेको हो । बुधबार बिहान गरिएको आक्रमणमा अहिलेसम्म ३० जना मारिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । ‘अप्रेशन सिन्दूर’ नाम दिइएको आक्रमणमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाएर एअर स्ट्राइक गरिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पाकिस्तान नियन्त्रित काश्मिर र अन्य भूभागमा भारतले मिसाइल प्रहार गरेको छ । गत अप्रिलमा मुस्लिम आतंककारीहरूले काश्मिरमा २६ जना हिन्दुको हत्या गरेको घटनालाई लिएर भारतले पाकिस्तानमाथि हमला गरेको हो ।
पाकिस्तानले भारतबाट तीन मिसाइलहरू प्रहार भएको बताएको छ भने चाँडै यसको जवाफ दिने प्रतिबद्धता पनि जनाएको छ । भारतले भने आक्रमणको प्रकृतिबारे उल्लेख गरेको छैन ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२ ०७:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय