करिब १ सय ८० किलो गाँजासहित एम्बुलेन्स चालक पक्राउ

सुनसरी - अवैध लागूऔषध गाँजासहित एम्बुलेन्स चालक पक्राउ परेका छन् । रामधुनी नगरपालिका-६ पिडारीबाट गाँजा करिब १ सय ८० किलोग्रामसहित बराहक्षेत्र नगरपालिका-४ बस्ने २५ वर्षीय श्रीराज कुमार साह पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरीले बिआर ३८ पि ५४१४ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा सेतो बोराले बेरेको ६ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी एम्बुलेन्स चालक श्रीराजलाई शनिबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२ २१:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय