Harsamaya
काँग्रेस महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ हुँदै
काँग्रेस महामन्त्री गगन थापा ।

काठमाडाैं - सर्वोच्च अदालतमा आज नेपाली काँग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी तोकिएको छ । आइतबार अधिवक्ताहरू अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले दर्ता गरेको अदालतको अवहेलना मुद्धामा प्रारम्भिक सुनुवाइको लागि आज पेशी तोकिएको हो ।

संवैधानिक निकायमा ५२ जनाको नियुक्तिविरुद्धको रिटको बारेमा अदालतको भूमिकामाथि उठाएको प्रश्नलाई लिएर रिट उनी विरुद्ध रिट दर्ता गरिएको हो । महामन्त्री थापाले अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतले ‘तँलाई हान्दिऊ’ भन्दै डिल गरिरहेको टिप्पणी गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत संवैधानिक निकायमा ५२ जना नियुक्त गरेका थिए ।

सो नियुक्तिविरुद्ध २०७७ मङ्सिर १ गते सर्वोच्चमा रिट दर्ता भएको थियो । उक्त मुद्दा अहिले पनि सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा हेर्दाहेर्दैमा राखेर सुनुवाइ भएको थियो । अब आगामी वैशाख १८ गते ५२ जना पदाधिकारी नियुक्तिविरुद्धको रिटमा पेशी तोकिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update