Harsamaya
कुकुरलाई निर्दयी व्यवहार गरेर मार्ने दुई जना पक्राउ
रोल्पा लुङग्री गाँउपालिका - ७ हार्जङ क्वाछिवाङका २० वर्षीय सुन्दर परियार र १८ वर्षीय डम्मर पुन ।

काठमाडौं - कुकुरलाई निर्दयी व्यवहार गरेर मार्ने दुई जना पक्राउ परेका छन् ।  रोल्पा लुङग्री गाँउपालिका - ७ हार्जङ क्वाछिवाङका २० वर्षीय सुन्दर परियार र १८ वर्षीय डम्मर पुन पक्राउ परेका हुन् ।

हार्जङ क्वाछिवाङ भन्ने स्थानमा कुकुरलाई रुखमा झुन्ड्याई निर्दयी व्यवहार गरी मारेको भिडियो समाजिक सञ्जालमा अपलोड गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले सोमबार पक्राउ गरेको हो । उनीहरूले वैशाख ३ गते कुकुरलाई रुखमा झुण्ड्याएर मारेका थिए ।

 उनीहहरूबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी रोहित कुमार शाहीले बताए । 


 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update