जङ्गलमा आगो लगाउने पक्राउ

बागलुङ - जङ्गलमा आगो लगाउनेलाई प्रहरीले पक्राउ गरेको छ । जङ्गलमा आगो लगाई आपराधिक कार्य गरेको आरोपमा प्रहरीले जिल्लाको ढोरपाटन नगरपालिका-४, हुन्द्र बस्ने ४९ वर्षीय ढालबहादुर सार्कीलाई पक्राउ गरेको हो ।
सोही स्थानको भूमेथानस्थित बारीमा लगाएको आगो सरादी सामुदायिक वन, निजी घर तथा पशुचौपाय बाँध्ने गोठमा समेत फैलिँदा क्षति पुगेको भन्दै गत शुक्रबार सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१ १०:१४
प्रतिक्रिया दिनुहोस्