Harsamaya
१५९ किलो गाँजासहित एक जना पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

उदयपुर - उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पशुपति साफी रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार बेलका नगरपालिका–५ स्थित सुपाडे देउरालीमा पिकअप गाडीमा भुसका बोराले छोपेर लैजाँदै गरेको अवस्थामा गाँजा बरामद गरिएको हो ।

प्रहरी चौकी लालबजारबाट ट्राफिक प्रहरीसहित खटिएको संयुक्त जाँच टोलीले रामपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५२९० नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा छ वटा बोरामा राखिएको १५९ किलो ४०० ग्राम गाँजा फेला पारेको थियो ।

पक्राउ परेका साफी, बरामद गाँजा र पिकअप गाडीलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पछिल्लो दुई दिनमा जिल्लामा एक हजार ६०० किलोभन्दा बढी गाँजा बरामद गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  २१:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update