वनमा लुकाइएका चार नाल भरुवा बन्दुक बरामद
दाङ - दाङका विभिन्न सामुदायिक वनमा लुकाइछिपाइ राखिएका चार नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ मातहतको प्रहरी टोलीले असोज २७ गते बिहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन गरेको विशेष खोजी अभियानका क्रममा ती बन्दुक बरामद गरेको हो ।
प्रहरीका अनुसार लमही नगरपालिका–१, सुण्डबरीस्थित जनता सामुदायिक वनमा लुकाइएका दुई नाल, लमही नगरपालिका–९, शिवखोलास्थित गायत्री सामुदायिक वनमा लुकाइएको एक नाल र बंगलाचुली गाउँपालिका–२ स्थित स्याले छरछरी सामुदायिक वनमा प्लास्टिकले बेरेर राखिएको एक नाल भरुवा बन्दुक बरामद गरिएको हो ।
बरामद भएका बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३ १५:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

