Harsamaya
सिरहामा ९० किलो गाँजासहित ४३ वर्षीय जगदिश यादव पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

सिरहा - सिरहामा ९० किलोग्राम गाँजाजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सखुवानन्कारकट्टी गाउँपालिका–५ कल्याणपुरस्थित जगदिश यादवको घरबाट उक्त पदार्थ बरामद गरिएको हो।

सोमबार राति करिब ११ बजे गाँजाको बेचबिखन भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको संयुक्त प्रहरी टोलीले यादवको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा घरभित्र सेतो बोरामा प्लास्टिकले बेरेर लुकाइछिपाइ राखिएको अवस्थामा बोरा बाहेक ९० किलोग्राम र बोरासहित ९१ किलोग्राम गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका–५ निवासी ४३ वर्षीय यादवलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लहानमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update