दश किलो गाँजासहित देवेन्द्र पक्राउ
भक्तपुर - सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको गाँजासहित खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ का देवेन्द्र राईलाई पक्राउ गरिएको हो ।
निजलाई भक्तपुर जिल्ला अदालतबाट १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति प्रहरीले लिएको उनले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, असोज २६, २०८३ २१:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

