Harsamaya
कञ्चनपुरमा १४.६९ ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya


कञ्चनपुर - कञ्चनपुरको बेदकोट नगरपालिकाबाट लागूऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले असोज २६ गते बेदकोट नगरपालिका–१० बाट लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेदकोट नगरपालिका–६ का ३२ वर्षीय उद्धव साहु, ३२ वर्षीय महेन्द्र चन्द र वडा नम्बर ३ का ३० वर्षीय मुकेश मल्ल रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट १४.६९ ग्राम खैरो हेरोइन, चार थान मोबाइल, एक थान ल्यापटप र नगद २० हजार ५०० रुपैयाँ बरामद गरिएको छ ।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update