Harsamaya
गुमा खुँडा प्रहारबाट ७५ वर्षीय धनवीरको मृत्यु
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

मुगु - मुगुको छायानाथ रारा नगरपालिका–५ मा खुँडा प्रहारबाट ७५ वर्षीय धनवीर कामीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार स्थानीय ३२ वर्षीय अजविर कामीले धनवीरमाथि धारिलो हतियार खुँडा प्रहार गरेका थिए । खुँडा प्रहारबाट घाइते भएका धनवीरको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

घटनापछि फरार रहेका अजविरलाई प्रहरीले रारा राष्ट्रिय निकुञ्जको जङ्गलबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ भने मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update