सिन्धुपाल्चोक - नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ तथा प्रदेशसभा क्षेत्र ‘क’ र ‘ख’ को अधिवेशनमा सहभागी हुन क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।
बस्नेतले असोज २७ गते बिहान १०ः३० बजे खुर्सानीबारी कभर्ड हलमा हुने अधिवेशनमा उपस्थित हुन आग्रह गरेका हुन् ।
उनले अधिवेशनलाई आगामी चार वर्षका लागि पार्टीको भाग्य र भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै विवेकपूर्ण निर्णय गर्न सबैलाई आग्रह गरेका छन् ।
‘अर्जुनको जस्तो लक्ष्यप्रतिको एकाग्रता, बुद्ध भगवान्को जस्तो धैर्य र विवेक प्रयोग गरी सही निर्णय गरौँ,’ बस्नेतले अपिलमा भनेका छन् ।
उनले अधिवेशनमा अग्रज नेता, जेनजी पुस्ताका युवायुवती, नौजवान साथीहरू तथा आमाबुबा, दाजुभाइ र दिदीबहिनीलाई समेत सहभागी हुन अनुरोध गरेका छन् ।

