Harsamaya
भण्डारी र पौडेलको अग्रता, अन्यले कति मत पाए ?

 काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारी र महामन्त्री पदमा प्रदीप पौडेलले अग्रता कायम राखेका छन् ।

५ हजार ५०० मत गणनाको विवरणअनुसार उपसभापतिको खुलातर्फ भण्डारीले २ हजार ८३४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी इन्जिनियर मधु आचार्यले १ हजार ७३२ मत पाएका छन् ।

त्यस्तै, गोविन्द भट्टराईले १ हजार ४३५, सुरेन्द्रराज पाण्डेले १ हजार ३५०, धनराज गुरुङले १ हजार २६६, दीपक गिरीले ७४४ र प्रा.डा. चन्द्रमोहन यादवले ५०६ मत प्राप्त गरेका छन् । उपसभापतिको खुलातर्फ दुई पदका लागि प्रतिस्पर्धा भइरहेको छ ।

समावेशी उपसभापतिमा विनोदकुमार चौधरी अगाडि
उपसभापतिको समावेशीतर्फ एक पदका लागि भइरहेको मतगणनामा विनोदकुमार चौधरीले १ हजार ३६९ मतसहित अग्रता लिएका छन् । जीवन परियारले १ हजार २९९, सीता गुरुङले ८८४, फरमुल्लाह मन्सुरले ७९५ र रञ्जित कर्णले ४२७ मत प्राप्त गरेका छन् ।

महामन्त्रीमा प्रदीप पौडेलको अग्रता फराकिलो
महामन्त्रीको खुलातर्फ दुई पदका लागि भइरहेको मतगणनामा प्रदीप पौडेलले ३ हजार १७७ मत प्राप्त गरेका छन् । उनी अन्य उम्मेदवारभन्दा अगाडि छन् । उदयशमशेर राणाले १ हजार ७९४, डा. सुनिलकुमार शर्माले १ हजार ७१५, गुरुराज घिमिरेले १ हजार १२०, अमरसिंह पुन मगरले ९९५ र नैनसिंह महरले ८४० मत प्राप्त गरेका छन् । त्यस्तै, शंकर तिवारीले १०५ र डा. सन्तोष उपाध्यायले ८१ मत पाएका छन् ।

महिला महामन्त्रीमा डिला संग्रौला अगाडि
महिला महामन्त्रीको एक पदका लागि भइरहेको प्रतिस्पर्धामा डा. डिला संग्रौला (पन्त) ले २ हजार ४१८ मत प्राप्त गरेकी छन् । उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार २२२ र रीता खनालले ५६० मत प्राप्त गरेकी छन् । संग्रौला र उपाध्यायबीच मतान्तर १९६ रहेको छ । 

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update