Harsamaya
कांग्रेस उपसभापतिमा चन्द्र भण्डारीको फराकिलो अग्रता, महामन्त्रीमा प्रदीप पौडेल अगाडि

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारी र महामन्त्री पदमा प्रदीप पौडेलले अग्रता कायम राखेका छन् ।

४ हजार १०० मत गणनाको विवरणअनुसार उपसभापतिको खुलातर्फ डा. भण्डारीले २ हजार ४५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी इन्जिनियर मधु आचार्यले १ हजार २७८ मत पाएका छन् ।

त्यस्तै, गोविन्द भट्टराईले १ हजार ९१, सुरेन्द्रराज पाण्डेले १ हजार ६५, धनराज गुरुङले ९०८, दीपक गिरीले ५७९ र प्रा.डा. चन्द्रमोहन यादवले ३३५ मत प्राप्त गरेका छन् । उपसभापतिको खुलातर्फ दुई पदका लागि प्रतिस्पर्धा भइरहेको छ । हालसम्मको मतपरिणाममा भण्डारी र आचार्य अगाडि देखिएका छन् ।

समावेशीतर्फ उपसभापति पदका लागि भइरहेको प्रतिस्पर्धामा विनोदकुमार चौधरीले १ हजार २६ मत प्राप्त गर्दै अग्रता लिएका छन् । जीवन परियारले ९७९, सीता गुरुङले ६७६, फरमुल्लाह मन्सुरले ५६५ र रञ्जित कर्णले ३११ मत पाएका छन् ।

महामन्त्रीको खुलातर्फ दुई पदका लागि भइरहेको मतगणनामा प्रदीप पौडेलले २ हजार ३९१ मत प्राप्त गरेका छन् । उनी अन्य उम्मेदवारभन्दा अगाडि छन् । उदयशमशेर राणाले १ हजार ३३३, डा. सुनिलकुमार शर्माले १ हजार १७५, अमरसिंह पुन मगरले ८८७, गुरुराज घिमिरेले ८२३ र नैनसिंह महरले ५३९ मत प्राप्त गरेका छन् । त्यस्तै, शंकर तिवारीले ७१ र डा. सन्तोष उपाध्यायले ५७ मत पाएका छन् ।

महिला महामन्त्रीको एक पदका लागि भइरहेको मतगणनामा डा. डिला संग्रौला (पन्त) ले १ हजार ८१६ मत प्राप्त गरेकी छन् । उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ६३१ र रीता खनालले ४२० मत प्राप्त गरेकी छन् ।

४ हजार १०० मत गणनाको विवरणअनुसार महिला महामन्त्रीमा संग्रौला र उपाध्यायबीच प्रतिस्पर्धा देखिएको छ । 

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update