जेनजी आन्दोलनका क्रममा फरार भएका दुई कैदी पक्राउ
सुनसरी - जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार फरार कैदीमध्ये धरान उपमहानगरपालिका–२ का ३२ वर्षीय नाना भनिने नेरन लोहोनी र इटहरी उपमहानगरपालिका–७ का ३० वर्षीय रत्नबहादुर राउत पक्राउ परेका हुन्।
प्रहरीका अनुसार लोहोनी सुनसरीको इनरुवा नगरपालिका–४ स्थित झुम्का कारागारबाट फरार भएका थिए। त्यस्तै, राउत काठमाडौंको जगन्नाथदेवल कारागारबाट फरार भएका थिए।
जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३ १४:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

