Harsamaya
आजको मौसम : चार प्रदेशमा मध्यम वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखा ।

काठमाडौं - आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमको हिमाली भूभाग तथा देशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्नेछ।

यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागमा र कर्णालीको पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा भने आंशिक बदली रहनेछ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्नेछ।

त्यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update