Harsamaya
तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
मोटरसाइकल दुर्घटना । (फाइल फोटो)

दमौली - तनहुँको भानु नगरपालिका–१० तल्लो मैदानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मृत्यु हुनेमा भानु–१० कै ४५ वर्षीय शङ्कर पाण्डे र ६५ वर्षीय टङ्कनीति पाण्डे रहेका छन् ।

हटियाबाट चिसापानीतर्फ जाँदै गरेको ग१९प ८०६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि छुट्टाछुट्टै अस्पताल पठाइएको थियो । उपचारका क्रममा शङ्करको पुरानो मेडिकल कलेज चितवन र टङ्कनीतिको प्रदेश अस्पताल लमजुङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update