Harsamaya

ललितपुर - ललितपुर कारागारमा थुनामा रहेका दिपक भट्टलाई सिन्धुपाल्चोक कारागारमा स्थानान्तरण गरिएको छ।

कारागार व्यवस्थापन विभागको पत्रअनुसार भट्टलाई असोज १७ गते सक्कल फाइल तथा आवश्यक कागजातसहित सुरक्षाका साथ सिन्धुपाल्चोक कारागार पठाइएको हो।

ललितपुर महानगरपालिका–२ ठेगाना भएका भट्ट सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा थुनामा रहेको कारागार कार्यालय ललितपुरले जनाएको छ। उनको बन्दी परिचयपत्र नम्बर ८४७३६१७ रहेको छ।

कारागार कार्यालय ललितपुरले भट्टलाई बुझी भरपाई गरी पठाउन सिन्धुपाल्चोक कारागारलाई पत्राचार गरेको छ।

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update