Harsamaya
 पेस्तोल खेलाउने क्रममा पड्किँदा युवक घाइते, तीन जना नियन्त्रणमा
सांकेतिक तस्वीर: हर समय/Har Samaya

रुपन्देही - रुपन्देहीको देवदह नगरपालिका–५ मितेरी गाउँमा माउजर पेस्तोल खेलाउने क्रममा पड्किँदा एक युवक घाइते भएका छन्।

मितेरी गाउँस्थित एक घरमा ४२ वर्षीय दुर्गा प्रसाद खरेलले माउजर पेस्तोल खेलाउने क्रममा अचानक पड्किँदा २२ वर्षीय रायन खत्री क्षेत्रीको दाहिने गालामा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते खत्रीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ।

घटनापछि प्रहरीले घटनास्थलबाट म्यागजिनसहितको माउजर पेस्तोल बरामद गरेको छ। घटनामा संलग्न रहेको आशंकामा दुर्गा प्रसाद खरेल, कमल शर्मा र अमृत खरेललाई नियन्त्रणमा लिइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update