Harsamaya
 खैरो हेरोइनसहित युवक पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - भारतबाट ल्याउँदै गरेको १६१ ग्रामभन्दा बढी खैरो हेरोइनसहित प्रहरीले धनुषाबाट एक युवकलाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले धनुषाको जनकपुर उपमहानगरपालिका–१४ बाट सर्लाहीको लालबन्दी नगरपालिका–५ ठेगाना भएका २८ वर्षीय अरबिन्द साह (कानु)लाई पक्राउ गरेको हो।

भारतको पिप्रौन क्षेत्रबाट लागुऔषध खैरो हेरोइन खरिद गरी धनुषाको जटही नाका हुँदै काठमाडौंका विभिन्न स्थानमा बिक्री वितरणका लागि लैजाँदै गरेको गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

साहको साथबाट १६१.९७० ग्राम खैरो हेरोइन, प्रदेश नं. २–०२–००१ प ७५८९ नम्बरको मोटरसाइकल र एक थान मोबाइल बरामद गरिएको छ।

पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update