सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिएका सञ्जय लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
लामाले उम्मेदवारी फिर्ता लिँदै सोही पदका अर्का उम्मेदवार आङ दोर्जे शेर्पालाई पूर्ण समर्थन गर्ने घोषणा गरेका छन्।
उनले पालिका सभापति, इकाई सभापति, क्षेत्रीय प्रतिनिधि तथा शुभेच्छुकहरूलाई जानकारी गराउँदै पार्टी एकता, संगठन सुदृढीकरण र लोकतान्त्रिक मूल्य–मान्यतालाई बलियो बनाउँदै अघि बढ्ने साझा संकल्प रहेको बताएका छन्।
लामाले आफ्नो उम्मेदवारी फिर्ता पार्टीको एकता र संगठनलाई थप सुदृढ बनाउने उद्देश्यले गरेको जनाएका छन्। उनले अधिवेशनमा आङ दोर्जे शेर्पालाई समर्थन गर्नसमेत अपिल गरेका छन्।
उनको उम्मेदवारी फिर्तासँगै अब क्षेत्र नम्बर १ मा शेर्पा र देवेन्द्र खड्काबीच क्षेत्रीय सभापतिमा टक्कर हुनेछ ।

