तरुण दलका पूर्वकेन्द्रीय सदस्य निरोजकुमार भण्डारी महाधिवेशन प्रतिनिधिका उम्मेदवार
सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ बाट निरोजकुमार भण्डारीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्।
खस आर्यतर्फबाट उम्मेदवारी दिएका भण्डारी नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्य हुन्। लामो समयदेखि कांग्रेसको संगठनमा सक्रिय रहँदै आएका भण्डारीले पार्टीलाई थप सबल र व्यवस्थित बनाउँदै समृद्ध नेपाल निर्माणको अभियानमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई मूल आदर्शका रूपमा अघि सारेका भण्डारीले ‘सबल नेपाली कांग्रेस, समृद्ध नेपाल’ भन्ने नारासहित महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।
प्रकाशित मिति: सोमबार, असोज १२, २०८३ २१:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

