Harsamaya
कांग्रेस महाधिवेशन प्रतिनिधिमा गृविन्द्र चौलागाईंको उम्मेदवारी
गृविन्द्र चौलागाईं ।

सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा गृविन्द्र चौलागाईंले उम्मेदवारी दर्ता गरेका छन्।

बलेफी गाउँपालिका–७ का वडा अध्यक्षसमेत रहेका चौलागाईंले आफूलाई अनुभव र प्रतिबद्धतासहितको नेतृत्वका रूपमा अघि सारेका छन्।

उनले राजनीतिक क्षेत्रमा जनताको आवाजलाई सशक्त बनाउने, स्थानीय तहको विकासमा प्रभावकारी भूमिका खेल्ने तथा कांग्रेसको नीति, सिद्धान्त र विचारलाई जनतामाझ पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

सामाजिक सेवातर्फ समुदायका समस्यामा आफू अग्रसर रहने, शिक्षा, स्वास्थ्य, युवा तथा महिलाका सवालमा काम गर्ने र सामाजिक सहकार्यलाई प्राथमिकता दिने उनले बताएका छन्।

त्यस्तै, व्यावसायिक क्षेत्रमा उत्पादन र रोजगारी जोड्ने, स्थानीय स्रोत–साधनको सदुपयोग गर्ने तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता उनले सार्वजनिक गरेका छन्।

चौलागाईंले ‘सबल संगठन, समृद्ध जिल्ला, समुन्नत नेपाल’ भन्ने नारासहित महाधिवेशन प्रतिनिधिमा आफूलाई विजयी गराउन आग्रह गरेका छन्।

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update