Harsamaya
रसुवामा बाढीबाट क्षति भएका सम्पत्ति र सवारीको विवरण अनलाइन दर्ता गर्न आग्रह
रसुवा बाढीमा क्षति पुर्याएको घर ।

रसुवा - रसुवा जिल्लामा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट क्षति पुगेका घर, व्यवसाय, जग्गा तथा सवारीसाधनको विवरण अनलाइनमार्फत दर्ता गराउन आग्रह गरिएको छ।

जिल्लामा आएको बाढीका कारण क्षति पुगेका सवारीसाधन तथा धनसम्पत्तिको विवरण संकलन गरी कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने भएकाले सम्बन्धितलाई विवरण दर्ता गराउन आग्रह गरिएको हो।

जिल्ला प्रशासन कार्यालय रसुवाले हालको मौसम तथा यातायातको असहजतालाई मध्यनजर गर्दै बाढीबाट क्षति पुगेका सवारीसाधन, घर, व्यवसाय, जग्गा तथा आयोजना/ठेक्काहरूको विवरण अनलाइनमार्फत संकलन गर्ने व्यवस्था मिलाएको जनाएको छ।

सम्बन्धितले सार्वजनिक गरिएको क्यूआर कोड स्क्यान गरी सम्पत्ति क्षतिको विवरण र सवारीसाधन क्षतिको विवरण छुट्टाछुट्टै दर्ता गराउन सक्ने जनाइएको छ।

क्षतिको विवरण संकलन तथा प्रक्रियाबारे थप जानकारीका लागि ९८५१२४९६० / ९८५१२८६०९८ मा सम्पर्क गर्नसमेत आग्रह गरिएको छ।

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update