Harsamaya
मुगुमा आगलागी हुँदा दुई घर जलेर नष्ट
मुगुको खत्याड गाउँपालिका–२ सेरी गाउँमा आगलागी ।

सुर्खेत - मुगुको खत्याड गाउँपालिका–२ सेरी गाउँमा आगलागी हुँदा दुई वटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन् । आगलागीमा सिपचन्द्र बुढा र धन बुढाका घर जलेर नष्ट भएका हुन् ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन तथा घटनाको मुचुल्का तयार गर्न जिल्ला प्रशासन कार्यालय मुगुले टोली घटनास्थलमा खटाएको जनाएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न प्रदेश सरकारका तर्फबाट पहल गरिने बताए ।

घटनाको विस्तृत क्षतिको विवरण मुचुल्का तयार भएपछि खुल्ने जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update