मकवानपुर - मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा चालकसहित १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
आज बिहान करिब ५ः४५ बजे काठमाडौंबाट सर्लाही जाँदै गरेको म.प्र.०३-००१ ज ०८८० नम्बरको यात्रुवाहक माइक्रोबस सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो ।
प्रारम्भिक विवरणअनुसार दुर्घटनाग्रस्त माइक्रोबसमा चालकसहित १४ जना सवार रहेको खुलेको छ । दुर्घटनामा चालकसहित १० जनाको मृत्यु भएको र पाँच जना घाइतेको उद्धार गरिएको जनाइएको छ ।
दुर्घटनापछि घटनास्थलमा उद्धार कार्य गरिएको छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
दुर्घटनामा मृत्यु भएका तथा घाइतेहरूको पहिचान, अवस्था र घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

