खोला तर्ने क्रममा बगाएकी महिलाको मृत्यु
रुकुम पश्चिम - रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु भएको छ।
मुसिकोट नगरपालिका–११ स्याउलीबारकी बेगमाया दमाई लहुँबाट सिम्रुतु खोला तरेर स्याउलीबजार जाने क्रममा खोलाले बगाएकी थिइन्। उनलाई खोलाले करिब २०–२५ मिटर तल बगाएपछि स्थानीयवासी र प्रहरीले उद्धार गरेका थिए।
उद्धारका क्रममा अचेत अवस्थामा फेला परेकी दमाईलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिए।
प्रकाशित मिति: शनिबार, असोज १०, २०८३ १६:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

