राजस्व चुहावट गरेको आरोपमा रसुवा कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध मुद्दा
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सागरनाथ वन विकास परियोजनाको व्यवस्थापनमा रहेको जग्गाबाट उत्खनन गरिएको वन पैदावार (नदीजन्य पदार्थ) को रोयल्टी असुल नगरी राजस्व चुहावट गरेको आरोपमा रसुवा कन्स्ट्रक्सनका सञ्चालक राजेन्द्रराज आचार्यविरुद्ध आरोपपत्र दायर गरेको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो १ लाख ५३ हजार ४९६ रुपैयाँ १० पैसा कायम गरी कैद तथा चुहावट भएको राजस्व रकमको दोब्बर जरिवानासहित सजाय मागदाबी गरेको जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३ १६:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

